सुदूरपश्चिम प्रदेश सरकार संविधान पालना र कार्यान्वयनमा पूणर् प्रतिबद्ध छ : राज्यमन्त्री चौधरी




अत्तरिया, ३ असोज- भौतिक पुर्वाधार विकास राज्यमन्त्री चुन कुमारी चौधरीले सुदूरपश्चिम प्रदेश सरकार नेपालको संविधान पूणर् पालना र यसको कार्यान्वयनमा पूणर् प्रतिबद्ध रहेको बताएकी छिन ।



सातौं संविधान दिवसको अवसरमा शुभकामना दिदै राज्यमन्त्री चौधरीले सबै खालका असमानता कानुन र नीतिबाटै सम्बोधन गर्दै लोककल्याणकारी राज्यको अनुभूति गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी हुन ।


राज्यमन्त्री चौधरीद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ ‘नेपालको संविधानले सबै नेपालीहरुलाई नेपाली हुनुमा गौरव अनुभूत गराउन सकोस्, राष्ट्र, राष्ट्रियता र बृहत राष्ट्रिय एकता, सामाजिक सद्भावलाई मजबुत बनाउन नेपालको संविधान थप प्रेरक बन्न सकोस, संबिधान दिवस २०७८ को सबैमा हार्दिक शुभकामना समेत व्यक्त गरेकी छिन ।



