देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको छ । साथै, अरब सागरतर्फबाट जलवाष्पयुक्त हावाको प्रवाह भईरहेको कारण देशभर वर्षामुखी मौसम बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्यतया बदली रहँदा अन्यत्र आंशिक बदलीको अवस्था रहेको विभागले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस्तै, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा अहिले मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबार दिनभर देशभर सामान्य बदली रहने विभागले जनाएको छ । यस अवधिमा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानमा समेत वर्षा हुने देखिएको छ । साथै बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ ।

आज रातिको मौसम
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका पहाडी भू-भागका थोरै स्थानमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।

मौसमविद्हरूका अनुसार मनसुन सक्रिय रहँदा पहाडी भू-भागमा भूस्खलन, भू–क्षय र तराई क्षेत्रमा जलमग्नता तथा बाढीको जोखिम रहने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Loading...