कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर- कञ्चनपुरबाट ७ लाख ७६ हजारको भन्सार छलीका सामान बरामद गरिएको छ।

Dadeldhura hospital

जिल्लाको भीमदत्त नगरपालिका–३ भासी, भीमदत्त नगरपालिका–४ बसपार्क र बेदकोट नगरपालिका–४ दैजीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ७ लाख ७६ हजार ८ सय बराबरको बराबर सामान बरामद गरिएको छ।

Navadurga sun
Godawari sandesh

भन्सार छलीको बिभिन्न किसिमका कपडा, बिजुली, कस्मेटिक, किरानाका सामान तथा मोटरसाइकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

Loading...