सेती प्रादेशिक अस्पताल नेतृत्वविहीन, नीतिगत काम प्रभावित

धनगढी- सुदूरपश्चिम प्रदेशको प्रमुख रेफरल स्वास्थ्य संस्था सेती प्रादेशिक अस्पताल नेतृत्वविहीन बनेपछि अस्पतालको नीतिगत निर्णय प्रक्रिया प्रभावित भएको छ ।

अस्पताल विकास समिति अध्यक्ष निर्मल शाहको कार्यकाल गत चैत ७ गते सकिएपछि अहिलेसम्म नयाँ अध्यक्षको नियुक्ति नभएकाले अस्पतालमा संस्थागत नेतृत्व रिक्त रहेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेका अनुसार प्रशासनिक सेवा सामान्य रूपमा सञ्चालन भइरहे पनि नीतिगत योजना निर्माण, समस्या समाधान र दीर्घकालीन कार्यक्रम अगाडि बढाउन कठिनाइ भएको छ । “समितिले निर्वाह गर्नुपर्ने समन्वयात्मक भूमिका अभावमा नीतिगत काम प्रभावित भएका छन्,” उनले भने ।

Dadeldhura hospital

समितिविहीनताका कारण नियमित बैठक बस्न नसक्नुका साथै कर्मचारी भत्ता वितरण, करार सेवामा कार्यरत कर्मचारीको म्याद थपजस्ता विषयमा समेत अन्योलता देखिएको छ ।

सामाजिक विकास मन्त्री मेघराज खड्काले विकास समितिबाट नभएर मौखिक रूपमा समस्या आएको जानकारी पटक–पटक पाएको स्वीकार गर्दै चाँडै समितिका पदाधिकारी नियुक्त गरिने बताए । उनका अनुसार सेती मात्र नभई सुदूरपश्चिमका नौ वटै जिल्ला अस्पताल विगत चार महिनादेखि नेतृत्वविहीन अवस्थामा रहेका छन् ।

अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठका अनुसार समितिको अभावले अस्पतालको भौतिक संरचना, आन्तरिक र बाह्य व्यवस्थापन व्यवस्थित गर्न कठिनाइ भएको छ। उनले भने, “दैनिक सेवा भने सञ्चालन भइरहेको छ तर दीर्घकालीन योजना निर्माण र नयाँ कार्यक्रम सञ्चालनमा अवरोध आएको छ ।”

सेती प्रादेशिक अस्पताल सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो र अत्यावश्यक स्वास्थ्य संस्था हो । कञ्चनपुर, कैलालीलगायतका जिल्लाका बिरामीहरूको प्रमुख उपचार केन्द्र मानिने यस अस्पताल नेतृत्वविहीन बनेपछि सेवाको गुणस्तर र विस्तार प्रभावित हुने चिन्ता बढेको छ ।

Loading...