सृजनशील सहकारीद्वारा १२ कठ्ठा जग्गामा भवन निर्माण, राज्यमन्त्री बमद्वारा संस्थाको प्रशंसा

अत्तरिया- सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बमले सृजनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले कृषि उपज संकलन केन्द्र सञ्चालनसँगै करिब १२ कठ्ठा जग्गा खरिद गरी आफ्नै भवन निर्माण सम्पन्न गरेको उपलब्धिको प्रशंसा गरेका छन्।

Ganyapdhura gau
Dadhaldhura pur

गोदावरी नगरपालिका–६, लालपुरस्थित नयाँ भवनमा आयोजित उद्घाटन कार्यक्रममा मन्त्री बमले विगतमा प्रचलित साहु–महाजन र चर्को ब्याज प्रणाली अन्त्यमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताए। सहकारीमार्फत सदस्यहरूले सहज रूपमा ऋण प्राप्त गरी जीवनस्तर सुधार र आत्मनिर्भरता हासिल गरेको भन्दै उनले सहकारी क्षेत्रलाई उच्च मूल्याङ्कन गरे।

Navadurga sun

उनले ऋण लिँदा इमानदारीपूर्वक तोकिएको समयमा ब्याज चुक्ता गर्नुपर्नेमा जोड दिँदै, “नियम अनुसार सञ्चालन भए सहकारी संस्थाले सफलताको उचाइ छुन सक्छ,” भने।

मन्त्री बमले उत्पादनमूलक, व्यवसायिक तथा शिपमूलक क्रियाकलापमा सहकारी सक्रिय भएमा दीगो सफलता प्राप्त हुने विश्वास व्यक्त गर्दै सरकार सेवामुखी सहकारीहरूको हित र मागअनुसार सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

ADD Khali jpg
ADD Khali jpg
Loading...