कञ्चनपुरमा एक महिलाको शव फेला

कञ्चनपुर कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ। बिहिवार बिहान बेलौरी नगरपालिका– ७ र ८ को सीमानमा पने खप्टीनाला नजिक महिला मृत भेटिएकी हुन ।

Dadeldhura hospital

मृत भेटिएकी महिला बेलौरी नगरपालिका–८ की ४२ वर्षिया बिन्दु चौधरी रहेकी प्रहरीले बताएको छ । उनी केही समयदेखि अस्वस्थ रहेकी प्रहरीले बताएको छ। उनी आफै–आफै बोल्ने गर्थिन । यो समस्या देखिएपछि परिवारले उनलाई बेलौरीको बुटाबारीमा फुपुको घरमा झारफुकका लागि एक साता अघि पठाएको थियो ।

Navadurga sun
Godawari sandesh

उनी हिजो मात्रै त्यहाँबाट फर्किएकी थिईन । बेलौरीमा ओर्लिएपछि उनी सम्पर्क विहीन भएकी हुन् । त्यसपछि परिवारले आफै सोधीखोजी गर्दा आज बिहान उनलाई मृत फेला पारेको प्रहरीले बताएको छ । हाल उनको शव पोस्टमार्टमका लागि श्रीपुर स्वास्थ्य चौकीमा राखिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Loading...