धनगढीमा अन्तर्राष्ट्रिय युवा दिवसमा रक्तदान कार्यक्रम, ११० औं पटक रक्तदान गर्ने दीपक उपाध्याय सम्मानित

धनगढी-  “दिगो विकास र सुनौलो भविष्यको सार, स्थानीय युवाको सहभागिता समृद्धिका आधार” भन्ने मुल नाराका साथ विश्वभर आज २५औं अन्तर्राष्ट्रिय युवा दिवस विविध कार्यक्रमसहित मनाइँदैछ ।

यसै सन्दर्भमा घोडाघोडी नगरपालिका–१०, पहलवानपुरस्थित सहारा युवा क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सर्वाधिक रक्तदाता तथा रक्तदान सद्भावना दूत दीपक उपाध्यायले आफ्नो ११० औं पटक रक्तदान गरेका छन् । सहारा युवा क्लबका अध्यक्ष निर्मल कुमार मिश्रका अनुसार कार्यक्रममा उपाध्यायसहित ५१ जनाले रक्तदान गरेका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस्तै, अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा नेपाली युवा उद्यमी मञ्च, धनगढी च्याप्टरले पनि रक्तदान कार्यक्रम आयोजना गरेको थियो । मञ्चका अध्यक्ष अच्युत दहालका अनुसार सो कार्यक्रममा १५ जनाले रक्तदान गरेका थिए ।

रक्तदानमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सहारा युवा क्लबले उपाध्यायलाई घोडाघोडी नगरपालिकाका मेयर खडक बहादुर रावत र क्लबका अध्यक्ष मिश्रबाट प्रशंसापत्र सहित सम्मान गरेको छ । त्यस्तै, नेपाली युवा उद्यमी मञ्चले पनि उपाध्यायलाई दोहोरो प्रशंसापत्र र नगदसहित सम्मान गरेको मञ्चका प्रथम उपाध्यक्ष आशिष शाहले बताए ।

सन् १९९८ मा पोर्चुगलमा आयोजित युवाका लागि जिम्मेवार मन्त्रीहरूको विश्व सम्मेलनको पहिलो सत्रले १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा घोषणा गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त सिफारिसलाई संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९९ मा अनुमोदन गरेपछि हरेक वर्ष यो दिवस मनाइँदै आएको हो ।

Loading...