युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम–२०८३ मा चार युवा वैज्ञानिक सम्मानित

धनगढी- विज्ञान, प्रविधि तथा अनुसन्धान क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका सुदूरपश्चिम प्रदेशका चार जना युवा वैज्ञानिकलाई सम्मान गरिएको छ।

आइतबार धनगढीमा प्रदेश युवा परिषद्ले आयोजना गरेको ‘युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम–२०८३’ मा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नगद पुरस्कार र कदरपत्रसहित उनीहरूलाई सम्मान गरेका हुन्।

Navadurga sun

सम्मानित हुने युवा वैज्ञानिकहरूमा कैलालीको टिकापुरका अरुण लुहार, बाजुराको त्रिवेणीका प्रकाशबहादुर साउँद, धनगढीका इन्द्र ओझा तथा कैलालीको गोदावरीकी बिन्दु पन्त रहेका छन्।

यसअघि अन्तर्राष्ट्रिय युवा परिषद् २०२५ को अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले नवप्रवर्तन तथा विज्ञान–प्रविधि क्षेत्रमा सक्रिय युवाहरूलाई सम्मान गर्ने घोषणा गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सूचना तथा प्रविधिको विकासलाई युवासँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै नवप्रवर्तन र अनुसन्धानमा संलग्न युवाहरूलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले समाज रूपान्तरण, सकारात्मक परिवर्तन तथा समृद्ध प्रदेश निर्माणमा युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्रबहादुर साउँदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री मधु भारतीलगायत वक्ताहरूले युवाहरूको क्षमता अभिवृद्धि, अनुसन्धान तथा नवप्रवर्तन प्रवर्द्धनका लागि राज्यले थप प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरेका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...