बैतडीमा अज्ञात समूहको आक्रमण, महिला घाइते

बैतडी- बैतडीमा अज्ञात समूहको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

Dadeldhura hospital

जिल्लाको डिलाशैनी गाउँपालिका–५ लेट्ठेकोटकी अन्दाजी ५० बर्षीया मञ्जु नाथ अज्ञात समूहको आक्रमणबाट घाइते भएकी डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

शुक्रबार राति १ बजेको समयमा आफ्नै घरमा सुतीरहेको अवस्थामा नाथमाथि आक्रमण भएको उनले बताए। अज्ञात समूहले नाथमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रवक्ता भट्टले बताए। 

घाइते नाथको टाउकोमा चोट रहेको छ। उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जनाइएको छ। नाथ माथि आक्रमण गर्नेको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको निरीक्षक पाण्डेयले बताए।

Loading...