नेपाली सेनाको विभिन्न पदमा जागिर खुल्यो (बिज्ञापनमा हेर्नुहोस)

काठमाडौं, ३१ भदाै- नेपाली सेनाको विभिन्न पदमा ठूलो  संख्यामा जागिर खुलेको छ। भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले गोरखापत्रमा सूचना निकालेर दरखास्त आह्वान गरेको हो।

Ganyapdhura gau

भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। नारायणहिटीस्थित नेपाल क्याभल्टी उत्तरतर्फको खेल मैदानमा दरखास्त फारम वितरण हुने बताइएको छ। सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेर सोही कारणबाट शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीलाई पनि खुलातर्फ बेग्लै आरक्षण सिटको व्यवस्थासहित सेनाले जागिर खुलाएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

समावेशीतर्फ महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि पनि आरक्षण सिटसहित आवेदन माग गरिएको छ।सैनिक उपचारीका, अम मेडिकल, भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, पूजारी हुद्दालगायत विभिन्न पदमा सेनाले जागिर खुलाएको हो। २२ जना पूजारीसमेत सेनाले माग गरेको छ।

Couple
Loading...