एम्बुलेन्सको ठक्करवाट साइकल यात्रीको मृत्यु




कञ्चनपुर, ३० भदौ- जिल्लाको कृष्णपुरमा एम्बुलेन्सको ठक्करवाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।



पूर्व पश्चिम राजमार्ग अन्र्तगत कृष्णपुर नगरपालिका वडा नं. ५ मा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले दुध बोकेको साइकललाई ठक्कर दिदाँ साइकल यात्री कृष्णपुर वडा नं.५ का ४५ वर्षीय कृष्ण बहादुर ऐरको मृत्यु भएको हो ।


एम्बुलेन्सको ठक्करवाट गम्भिर घाईते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सुरुमा उनलाई धनगढी स्थित माया मेट्रो अस्पताल लगिएकोमा पछि सेती प्रादेशिक अस्पताल रेफर गरिएको थियो ।
एम्बुलेन्स र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । एम्बुलेन्सको ठक्करवाट साईकल यात्री ऐरको मृत्यु भएपछि यतिबेला स्थानियहरुले गुलरियामा चक्काजाम गरेका छन् । जसका कारण पूर्वपश्चिम राजमार्गमा आवतजावत गरिरहेका सवारी साधनहरु बिच बाटोमै रोकिएका छन् ।



