वेदकोट-९ मा ३ महिने सिलाई कटाई तालिम सम्पन्न

कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिका-९ मा व्यवसायिक तथा सीप विकास केन्द्र महेन्द्रनगर कञ्चनपुरको सहयोगमा सञ्चालित ३ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । तालिममा २० जना महिलाहरुको सहभागी रहेकाे थियो । एक कार्यक्रमका बीच उनिहरुलाई बुधबार प्रमाणपत्र वितरण गरिएको थियो ।

वेदकोट नगरपालिका वडा नम्बर ९ का कार्यवाहक वडा अध्यक्ष पार्वती बिष्टको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा प्रमुख अतिथि रहनु भएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा बोल्दै नगर प्रमुख भोजराज बोहराले महिलाहरूलाई उद्यमशील बन्न प्रोत्साहन गर्दै नगरपालिकाले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले अब नगरपालिकाका सबै वडालाई समेट्ने गरी एडभान्स सिलाई कटाई तालिम समेत सञ्चालन गरिने बताउनु भयो ।

त्यस्तै कार्यवाहक वडा अध्यक्ष पार्वती बिष्टले पनि तालिमको सफलतामा खुसी व्यक्त गर्दै सहभागीहरूलाई प्राप्त सीपको सदुपयोग गरी आत्मनिर्भर बन्न समेत अग्रह गरेका हुन् । 

कार्यक्रममा नगर उपप्रमुख तुलसी जोशी, तालिम केन्द्रका प्रतिनिधि, वडा सदस्यहरू, इन्द्रेणी सहकारीका व्यवस्थापक, नगर प्रमुखको सचिवालयका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

Loading...