ताप्लेजुङमा चट्याङ लागेर एकको मृत्यु

Dadeldhura hospital

ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चट्याङ लागेर घाइते भएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो। पारिवारिक स्रोतका अनुसार मङ्गलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उनी घाइते भएका थिए। उनलाई तत्काल स्थानीय स्वास्थ्यचौकी पुर्‍याइएको थियो।

त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन्। १७ वर्षीय लिम्बूलाई चट्याङ लागेको हो। उनको सोही स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए। रासस

Navadurga sun
Godawari sandesh
Loading...