बैतडीमा हेलिकोप्टर मार्फत सुत्केरी महिलाको उद्धार

बैतडी, २८ भदाै- जिल्लाको बैतडीमा हेलिकाेप्टर मार्फत एक सुत्केरी महिलाकाे उद्धार गरिएकाे छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं. ७ ढाणका एक सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको हाे ।

Ganyapdhura gau
Dadeldhura hospital

ढाणका २० वर्षीया मञ्जु कार्कीको सोमबार दिउँसो हेलिकोप्टरबाट उद्धार गरी धनगढी रेफर गरिएको हाडाकोट स्वास्थ्य चौकी प्रमुख बिरेन्द्र बोहराले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

कार्कीको बच्चा जन्मिएर साल ननिस्केकोले थप उपचारका लागि धनगढी रेफर गरिएको बोहराले बताए। स्थानीय, डिलाशैनी गाउँपालिका र हाडाकोट स्वास्थ्य चौकीको अनुरोध तथा पहल र जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय बैतडीको समन्वयमा सुत्केरी महिलाको उद्धारका लागि हेलिकोप्टर आएको थियो।

Couple
Loading...