कैलालीमा खैरो हेरोइनसहित युवक पक्राउ

Dadeldhura hospital

धनगढी । कैलालीमा खैरो हेरोइन सेवन गरिरहेको बेला एक युवक पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका–९ पाताभार स्थित उनकै घरबाट २१ वर्षीय जनक बोगटी पक्राउ परेका हुन्।

बोगटीलाई लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला पारी घरको कोठा खानतलासी गर्दा ११४ मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ, थप अनुसन्धान गरिरहेको छ।

Navadurga sun
Godawari sandesh
Loading...