कञ्चनपुरका स्थानीय तहमा १३ करोडभन्दा बढी बेरुजु

कञ्चनपुर- कञ्चनपुरका नौवटै स्थानीय तहमा आर्थिक वर्ष २०८१/८२ मा कुल १३ करोड ८३ लाख १४ हजार रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षकको कार्यालय ले सार्वजनिक गरेको ६३औँ प्रतिवेदनअनुसार यो रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ को ४० करोड ६० लाख ७१ हजार रुपैयाँको तुलनामा उल्लेखनीय रूपमा घटेको हो।

प्रतिवेदनअनुसार लालझाँडी गाउँपालिका मा सबैभन्दा बढी २.१३ प्रतिशत बेरुजु देखिएको छ। त्यसपछि भीमदत्त नगरपालिका मा १.२ प्रतिशत, कृष्णपुर नगरपालिका मा ०.७३ प्रतिशत, बेलडाँडी गाउँपालिका मा ०.४९ प्रतिशत र शुक्लाफाँटा नगरपालिका मा सबैभन्दा कम ०.३६ प्रतिशत बेरुजु रहेको उल्लेख छ।

Navadurga sun

त्यसैगरी बेदकोट नगरपालिका, बेलौरी नगरपालिका र दोधारा चाँदनी नगरपालिका मा पनि विभिन्न रकम बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। स्थानीय तहहरूको वित्तीय अनुशासन, खर्च व्यवस्थापन र लेखा प्रणालीमा सुधार आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...