जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा

Dadeldhura hospital

बझाङ । जयपृथ्वी राजमार्गमा यातायातका साधन पुनः सञ्चालनमा ल्याइएको छ । पहिरो पन्छाएर बाटो खुलाइएको प्रहरीले जनाएको छ ।शुक्रबार बिहान करिब साढे ५ बजे बझाङको छबिसपाथीभेरा गाउँपालिका–१, बालुवाटार र जयपृथ्वी नगरपालिका–७, माल्लाभीरस्थित सडकमा पहिरो खसेको थियो ।

सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । शुक्रबारै बिहान करिब ९ बजदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...