कैलालीमा सिकलसेल एनिमिया बढ्दो : थारु समुदायमा बढी जोखिम

धनगढी- कैलाली जिल्लामा सिकलसेल एनिमिया रोगका बिरामीको संख्या वर्षेनि बढ्दै गएको छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार यो रोग चौधरी थारु समुदायमा सर्वाधिक देखिएको छ ।

हालै जिल्लाका आठ वटा पालिकाका थारु बहुल क्षेत्रमा सञ्चालन गरिएको निःशुल्क स्क्रिनिङ शिविरमा १,२६७ जनाको रगत परीक्षण गरिएको थियो। परीक्षणमा १४५ जनामा सिकलसेल वाहक (ट्रेट) पाइएको छ। परीक्षणको पुष्टि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिने जनाइएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

स्वास्थ्य कार्यालय कैलालीका सिकलसेल स्रोत व्यक्ति मीनबहादुर धामीका अनुसार सिकलसेल एनिमिया एक बंशानुगत रोग हो । दुवै अभिभावक वाहक भएमा बच्चामा रोग लाग्ने सम्भावना उच्च हुन्छ । त्यसैले विवाहपूर्व रगत परीक्षण अनिवार्य गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

धामीका अनुसार यो रोग लागेपछि पूर्णरूपमा उपचार सम्भव छैन । बिरामीले जीवनभर औषधि सेवन, समय समयमा रगत सर्जन (रिफ्रेसमेन्ट) र नियमित स्वास्थ्य निगरानी गर्नुपर्ने हुन्छ । रोग लागेपछि हाडजोर्नी दुख्ने, थकान हुने, रगतको कमी हुने लगायतका समस्या देखिने गर्छन् । तर वाहक (ट्रेट) व्यक्तिमा लक्षण देखिँदैन ।

सरकारले सिकलसेल रोगीका लागि अधिकतम एक लाख रुपैयाँसम्मको उपचार सहयोग उपलब्ध गराउँदै आएको भए पनि दीर्घकालीन उपचार खर्चका लागि यो रकम पर्याप्त नहुने जनाइएको छ । धामीका अनुसार बिरामी र परिवारको मागअनुसार सीपमूलक तालिम तथा आयआर्जनका कार्यक्रम सञ्चालन गर्न पनि आवश्यक छ ।

स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमै अन्य पालिकामा पनि स्क्रिनिङ शिविर सञ्चालन गरिनेछ । परीक्षणको दायरा बढेसँगै जिल्लामा सिकलसेल रोगीको संख्या थप उजागर भएको बताइएको छ ।

Loading...