बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु

बैतडी- बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका–२ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो। शुक्रवार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको छ।

घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट एक सय मिटर तल धामीको शव फेला परेको थियो। धामीका श्रीमान, एक छोरा र एक छोरी छिन्।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...