सनातन संस्कृति संरक्षण संस्था नेपालकोे तेस्रो बार्षिक साधारण सभा सम्पन्न

नयाँ कार्यसमितिको अध्यक्षमा अधिकारी चयन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको सनातन संस्कृति संरक्षण संस्था नेपालले आफ्नो तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार एक औपचारिक कार्यक्रमका बिच सम्पन्न गरेको हो ।

Navadurga sun

संस्थाका अध्यक्ष जयनारायण अधिकारीको सभाअध्यक्षतामा भएको कार्यक्रमको उद्धघाटन सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदीले गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री सुवेदीले सनातन धर्म नै हाम्रो अन्तस्करणको आवाज रहेको बताए । यसैमा हाम्रो संस्कृति गाँसिएको छ । समुदायबीचको एकता अनि प्रेमको प्रतीकका रुपमा हाम्रा चाडपर्वहरु रहेका हुन्छन् । सनातन देखि चलिआएका सांस्कृतिक पर्वहरूले हामीलाई सत्य र नैतिकतामा रहने मार्गदर्शन दिई रहेको समेत बताए । राज्यले धर्म र संस्कृतिको संरक्षणका लागि बिभिन्न शिर्षकमा बजेट बिनियोजन गरी रहेको समेत मन्त्री सुवेदीले बताए ।

त्यस्तै उक्त बार्षिक साधारण सभा कार्यक्रममा गोदावरी पत्रकार मञ्चका पदाधिकारीहरुलाई समेत स्वागत तथा बधाई दिइएको थियो । उक्त बधाई तथा स्वागत कार्यक्रममा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीद्वारा मञ्चमा आवद्ध पदाधिकारीहरुलाई टिका लगाई दोसल्ला ओढाएर स्वागत तथा बधाई दिइएको थियो ।

कार्यक्रमका बिष्टि अथिति कैलाली जनपुस्ताकालयका अध्यक्ष टि.एन.जोशी, अथितिमा राष्ट्रिय लोक सास्कृतिक नेपालका अध्यक्ष लिलाधर बास्कोटा, अत्तरिया उद्योग वाणिज्य संघका महासचिब यज्ञराज जोशी, अत्तरिया उद्योग वाणिज्य संघका उपाध्यक्ष कबिराज भट्ट, अत्तरिया पतनजलि योगा हलका अध्यक्ष दुर्गा प्रशाई अग्रज समाजसेवी कुमार निरौला लगायतका व्यक्रित्वहरुको सहभागिता रहेको थिए ।

त्यसैगरी संस्थाले नयाँ कार्यसमितिको अध्यक्षमा जयनारायण अधिकारी, उपाध्यक्षमा नरमाया कार्की, महासचिवमा जानुका गुरागाई, सचिवमा राजन आचार्य, कोषाध्यक्षमा कमला भट्टराई, सदस्यहरुमा गोपाल खनाल, मानध्वज महरा, राधिका भट्टराई, कणर् प्रसाद भट्टराई, निर्मला भट्ट, दिवस पोख्रेल, कृष्णमाया बराल, गौरी अधिकारी चयन भएका छन् ।
संस्थाको बार्षिक प्रतिवेदन कार्य समितिकी सदस्य गौरीका अधिकारीले गरेकी थिईन् । भने आर्थिक प्रतिवेदन संस्थाका कोषध्यक्ष देविप्रसाद वरालले गरेका थिए । संस्थाकी सदस्य कमला भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन संस्थाकी सचिब जानुका वराल गुरागाईले गरेकी थिईन् ।

उक्त संस्थाले कलिलो उमेरमै श्रीमानको स्वार्गवास भएपछि बेसहारा बनेकी टिका थापालाई घर निर्माणका लागि आर्थिक सहयोग समेत गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...