स्वास्थ्य क्षेत्रमा जनविश्वास बढाउन स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुन्छ : प्रमुख प्रशासकीय अधिकृत विनाडी

अत्तरिया- गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले गोदावरी नगरपालिका सभाहलमा आयोजित पूर्णखोप सुनिश्चितता घोषणा कार्यक्रमा आफ्नो भनाई व्यक्त गर्दै स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी बनाउन र जनताको विश्वास बलियो बनाउने कार्यमा स्वास्थ्यकर्मीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उनले स्वास्थ्य क्षेत्र एक संवेदनशील र जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र भएको उल्लेख गर्दै, “स्वास्थ्य सेवामा खटिने सबैले इमान्दारीपूर्वक काम गरेमा जनताको विश्वास जित्न सकिन्छ,“ उनले भने । उनले आफू स्वास्थ्य क्षेत्रमा खटिएपछि सेवा प्रदान गर्ने क्रममा इमान्दारी र उत्तरदायित्वलाई मुख्य आधार बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरे ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस्तै विनाडीले स्वास्थ्यकर्मीहरुको तलबको विषयमा समस्या झेलिरहेका स्वास्थ्यकर्मीहरूको पीडा गम्भीर रहेको स्वीकार गर्दै, आगामी आर्थिक वर्ष देखि तलब व्यवस्थापन सहज बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

यस्तै उनले स्वास्थ्य शाखालाई अनुरोध गर्दै नेपाल सरकारले तोकेको मापदण्डअनुसार नागरिकले ओपिडी सेवा लगायतका आवश्यक सेवा पाउनुपर्छ भन्नेमा जोड दिए ।

यस सम्बन्धमा यदि गुनासोहरू सत्य ठहरिएमा मालाखेती अस्पताललाई औपचारिक पत्राचार गर्न पनि आग्रह गरे । विनाडीले आगामी दिनमा स्वास्थ्यकर्मीहरू अझ उच्च मनोबलका साथ काम गर्दै गोदावरी नगरपालिकालाई “स्वस्थ नगरपालिका“ बनाउने दिशामा योगदान पु¥याउने प्रति आफू आशावादी रहेको बताए ।

Loading...