लागुऔषध सहित २ युवक पक्राउ

कञ्चनपुर, २७ भदाै– कञ्चनपुरबाट ब्राउन सुगर सहित २ युवक पक्राउ परेका छन । सशस्त्रको बोर्डर आउट पोष्ट झिलमिला र प्रहरी चौकी झिलमिलाबाट खटीएको संयुक्त पैदल गस्ती टोलीले बेलडाँडी गाउँपालिका वडा नं. ४ कान्छिबजारबाट ब्राउन सुगर सहित २ जना युवकलाई पक्राउ गरेको हो ।

Dadeldhura hospital

पक्राउ पर्नेमा बेलडाडी गाउँपालिका वडा नं. १ का १८ बर्षीय सुदिप बिष्ट र बेलडाडी गाउँपालिका वडा नं. २ का १८ बर्षिय संजय बिष्ट रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए ।

Navadurga sun
Godawari sandesh

उनले पक्राउ परेका सुदिप बिष्टको साथबाट ८ सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको बताए । प्रहरीले दुबै जनालाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाईएको जनाएको छ ।

Loading...