कैलालीको चुरे गाउँपालिकाले गर्यो ५२ करोड ८७ लाख बजेट सार्वजनिक

अत्तरिया- कैलालीको चुरे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५२ करोड ८७ लाख बराबरको बजेट ल्याएको छ । मंगलबार बसेको १७ औँ अधिवेशनमा गाउँपालिकाले ५२ करोड ८७ लाख ९७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रमका आधारमा उपाध्यक्ष धनादेवी थापाले बजेट प्रस्तुत गरेकी हुन् ।

चालु खर्चतर्फ ३७ करोड २२ लाख ५८ हजार पाँच सय अर्थात् ७० दशमलव ०४ प्रतिशत र पुँजीगततर्फ १५ करोड ६५ लाख ३८ हजार पाँच सय अर्थात्२९ दशमलव ६ प्रतिशत विनियोजन गरिएको छ ।

खर्च ब्यहोर्ने स्रोतमा सङ्घीय सरकारबाट समानीकरण अनुदान वापत १० करोड ४४ लाख, संघीय राजस्व बाँडफाँडबाट प्राप्त हुने १४ करोड ६८ लाख, संघीय समपूरकबाट ७१ लाख, सङ्घीय सर्शत अनुदानबाट २१ करोड ५४ लाख, संघीय विशेष अनुदानबाट ८० लाख प्राप्त हुने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रदेश सरकारको राजस्व बाँडफाँड वापत ४१ लाख ५३ हजार, प्रदेश समानीकरण अनुदान ८४ लाख ९४ हजार, प्रदेश सर्शत अनुदान वापत ५५ लाख, समपूरक अनुदान एक करोड, आन्तरिक राजस्व बाँडफाँडबाट एक करोड ९४ लाख ५० हजार र चालु वर्षको मौज्दात ७५ लाख रहने अनुमान गरिएको छ।

Loading...