खुटिया नदीमा डुबेर एक बालकको मृत्यु

धनगढी- धनगढीमा खुटिया नदीमा डुबेर धनगढी उपमहानगरपालिका–१२ का १० वर्षीय कृष्णप्रसाद जोशीको मृत्यु भएको छ।

उनी मंगलबार सोही वडामा नदीमा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा उनी नदीमा बेपत्ता भए।

Navadurga sun

बेपत्ता भएका बालकको अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट प्रहरी टोली खटिगई खोजतलास गर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...