


बैतडी- बैतडीमा करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । २०७९।१०।२ गतेको जबरजस्ती करणी पेन्डिङ मुद्दाको फरार अभियुक्त बैतडी दशरथचन्द नगरपालिका–१ गुरुखोलाका २१ वर्षीय मनोज भट्ट आइतबार पक्राउ परेका हुन् ।


भट्टलाई प्रहरी चौकी खोड्पेबाट खटिइएको प्रहरी टोलीले पाटन नगरपालिका–८ खोड्पे स्थित संस्कार होटलबाट पक्राउ गरेको जनाएको छ । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्याल बैतडीमा बुझाईएको छ ।

