बैतडीमा ११ पेटी बिडी सहित २ जना पक्राउ

बैतडी- बैतडीमा १५ लाख ३० हजारको ११ पेटी बिडी सहित २ जना पक्राउ परेका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

बैतडीको पुर्चौडी नगरपालिका–१० बिजयपुरबाट पुर्चौडी नगरपालिका–१ बसपार्क तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १७१३ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १५ लाख ३० हजार बराबरको बिडी ११ पेटी र उक्त जिप सहित चालक बैतडीको सिगास गाउँपालिका–२ बस्ने २२ वर्षीय मान सिंह धामी र जिपको साहु पुर्चौडी नगरपालिका–१० बस्ने २८ वर्षका दिनेश महरालाई प्रहरीले पक्राउ गरेको छ ।

Navadurga sun
Godawari sandesh

दुबै जनालाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको जनाएको छ । नियन्त्रणमा लिएको उक्त सामान, जिप र दुबै जनालाई आवश्यक कारबाहीको लागि महाकाली भन्सार कार्यालय झुलाघाट बैतडी पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Couple
Loading...