हुलाकी राजमार्गका लागि ३ अर्ब ५६ करोड बजेट, दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य

काठमाडौँ- सरकारले हुलाकी राजमार्गको निर्माण कार्यलाई तीव्रता दिने उद्देश्यले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै दुई वर्षभित्र राजमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए।

Dadeldhura hospital

उनले भने, “हुलाकी राजमार्गको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तराईको आर्थिक विकास तथा अन्तर आबद्धतालाई सुदृढ गरिनेछ। यसको लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छु।”

Navadurga sun
Godawari sandesh

यो राजमार्ग तराईका विभिन्न जिल्लालाई एकआपसमा जोड्ने महत्वपूर्ण पूर्वाधार योजनाको रुपमा लिइन्छ। सरकारको यो कदमले स्थानीय विकास, व्यापार विस्तार र यातायात प्रणाली सुधारमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ।

Loading...