व्यापारीलाई धम्क्याएर २५ हजार रुपैया लिने दुई जना पक्राउ





कञ्चनपुर,२४ भदौ- महेन्द्रनगरको साई मोवाईल केयरका सञ्चालकलाई धम्क्याएर २५ हजार रुपैया लिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर प्रहरीका अनुसार पत्रकार हुँ भन्दै पैसा असुलेको आरोपमा नाइस टेलिभिजका रिपोर्टर गोबिन्द बिसी र सन्तोष भट्टलाई प्रकाउ गरको जनाएको छ ।



उनीहरुले मोवाईल ग्यालरीबाट पैसा नदिएरै दुई ओटा पावर बैंक समेत लगेका छन । दर्ता भए/नभएको छानबिन गर्न आएको बताएका उनीहरुले मोवाईल पसल सञ्चालकलाई धम्क्याएर २५ हजार रुपैया लिएका हुन् । उनीहरुले दुई लाख रुपैयाबाट बार्गेनिङ्ग शुरु गरेका थिए।


अन्तिममा २५ हजार रुपैया लिएर गएको पसल सञ्चालकले बताएका छन् । बुधबार साँझ करीव ६ बजे महेन्द्रनगरको ४ नम्बर गल्ली स्थित साई मोबाईल केयरमा गएका विसी र भट्टले करीव एक घण्टासम्म पसलमा बसेर बार्गेनिङ्ग गरेका थिए ।



