आगामी जेठ १५ देखि चैतन्य तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने

अत्तरिया- शिक्षा र संस्कारको सङ्गमका रूपमा रहेको चैतन्य पाठशालाले यस वर्ष ‘चैतन्य तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता २०८२’ आयोजना गर्ने भएको छ ।

आगामी जेठ १५ देखि १७ गतेसम्म धनगढी–५, शिवनगरस्थित चैतन्य पाठशाला फुटसल मैदानमा आयोजना हुने प्रतियोगिताको प्रमुख अतिथि ओलम्पियन तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्ट रहनेछन् । उक्त प्रतियोगिताको उद्घाटन एरोनोटिकक्स इन्जिनियरिङमा अन्वेषण गरिरहेका युवा वैज्ञानिक आर्यान विकको नयाँ आर्सी प्लेन उडानबाट हुने हो ।

Navadurga sun
Godawari sandesh

पाठशालाको भगिनी संस्था ‘चैतन्य तेक्वान्दो डोजाङ’को आयोजनामा हुने प्रतियोगिता सेन्सर सिस्टम प्रयोग गरी सञ्चालन गरिनेछ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट खेलाडीहरूको सहभागिता रहने भएको हो । आयोजकका अनुसार यो प्रतियोगिता तेक्वान्दो खेलमा युवा खेलाडीको रुचि र प्रतिस्पर्धात्मक क्षमतालाई उजागर गर्दै खेलकुद क्षेत्रको समग्र विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिमका खेलाडी हुलाई खेलको माध्यमबाट अगाडी बढाउने चैतन्यको लक्ष रहेको र विगतका वर्षमा समेत नगर र जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न गरिसकेको अनुभव आफूसँग रहेको चैतन्य पाठशालाका निर्देशक कटक बहादुर सिंहले बताए ।

Dadeldhura hospital

सुदूरपश्चिम भनेको तेक्वान्दो खेलको केन्द्रको रूपमा रहेको र सुदूरपश्चिमको माटोमा जन्मेका खेलाडीको ओलम्पिक सम्मको यात्रा तय भएको समेत चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताउनु भयो । चैतन्यले आयोजना गर्दै आएको यो खेल नगर जिल्ला हुँदै प्रदेश स्तरमा पुगेको र आगामी खेल राष्ट्रिय स्तरको आयोजना गरिने अध्यक्ष जोशीले बताए ।

समाजको विकास र सक्षम नागरिक उत्पादन गर्दै आएकोले चैतन्यको पहिचान नै फरक रहेको र चैतन्यका हरेक गतिविधि समाज सँग जोडिँदै आएको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए ।

गत दुई वर्ष नगर र जिल्ला स्तरमा सफल प्रतियोगिता गरिसकेको डोजाङले यस पटक प्रतियोगितालाई प्रदेश स्तरमा स्तरोन्नति गरेको हो । प्रतियोगितामा करिब २०० बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। प्रतियोगिता सञ्चालनका लागि कुल ७ लाख ७५ हजार रुपैयाँको अनुमानित खर्च लाग्नेछ ।

कैलाली जिल्लाका खेलाडीको लागि दर्ता शुल्क प्रति खेलाडी रु ५०० र कैलाली बाहेक जिल्लाका खेलाडीको लागि रु १००० तोकिएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूलाई नगद पुरस्कार पनि प्रदान गरिनेछ । टिम प्रथमले रु ५०,०००, टिम द्वितीयले रु ३०,००० र टिम तृतीयले रु २०,००० पाउने छन् । त्यस्तै, ‘वेस्ट फाइटर’ पुरुष तथा महिलालाई जनही रु ५,००० पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक दहपाल बुक्स एन्ड स्टेसनरी रहनेछ भने राज ग्रुप सह–प्रायोजकको रूपमा रहनेछ। यस्तै, धनगढी उपमहानगरपालिका वडा नं. ५ प्रवर्धकको रूपमा रहेको छ । आयोजकले प्रतियोगितालाई भव्य र सफल बनाउनका लागि विभिन्न सङ्घसंस्था, व्यवसायी तथा उद्योगीहरूलाई सहयोग र प्रायोजनका लागि आह्वान गरेको छ ।

Loading...