डडेल्धुरामा वडा अधिवेशन रोक्न देउवासँग पौडेल पक्षको माग

काठमाडौं, २४ भदौ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौका लागि तोकिएको वडा अधिवेशन रोक्न माग गरेको छ । बिहीबार पौडेल सहितका नेताहरुले देउवालाई भेटेर जिल्ला कार्यसमितिको असहमतिका बीच एकपक्षीय रुपमा अधिवेशनको मिति तोकिएको भन्दै रोक्न माग गरिएको हो ।

‘जिल्ला कार्यसमितिसँग समन्वय नै नगरी एकपक्षीय रुपमा निर्वाचन अधिकृतले वडा अधिवेशनको मिति तोक्नु अनुचित हो,’ पौडेल समूहका नेता अर्जुननरसिंह केसीले भने, ‘तुरुन्त सभापतिले हस्तक्षेप गरेर अधिवेशन रोक्न निर्देशन दिनुपर्छ र क्रियाशील सदस्यतामा देखिएको विवाद टुंग्याउनुपर्छ भनेर हामीले ध्यानाकर्षण गरायौं ।’

godawari10 Mahila hinsa
Navadurga sun

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको क्रियाशील सदस्यता सूचीप्रति जिल्ला सभापति कणर्बहादुर मल्ल पक्षले आपत्ति जनाएको छ । जिल्लाबाट पठाइएका करिव पाँच सय नाम काटिएको र केन्द्रबाटै तीन सयको नाम थपिएकाले अहिलेकै अवस्थामा क्रियाशील सदस्यहरुको नामावलीलाई स्वीकार गर्न नसकिने सभापति मल्ल पक्षको दावी छ । उनी वरिष्ठ नेता पौडेल समूह निकट हुन् ।

Dadeldhura hospital

निर्वाचन अधिकृतले २५ भदौका लागि वडा अधिवेशनको मिति तोकेपनि जिल्ला सभापति कणर्बहादुर मल्लले भने वडा अधिवेशन स्थगनको सूचना जारी गरेका थिए । वडा अधिवेशनलाई लिएर जिल्लामा कांग्रेसकै नेता कार्यकर्ताहरुबीच मुठभेडको अवस्था आउने देखिएपछि सभापति देउवाले अधिवेशन स्थगन गर्न निर्देशन दिएका छन् ।

केन्द्रीय सदस्य केसीले वडा अधिवेशन रोक्न सभापति देउवाले निर्देशन दिएको जानकारी आफूहरुलाई गराएको बताए । सभापतिज्यूले वडा अविधेशन स्थगत गर्न निर्देशन दिइसकेको छु भन्नुभएको छ, उहाँले सहमति गरेर मात्रै अधिवेशन प्रक्रिया अगाडि बढाउन भनिसकेको हामीलाई जानकारी गराएको नेता केसीले बताए ।

डडेल्धुरामा विवादका बीच वडाअधिवेशनको मिति तोकिएपछि कांग्रेसका केन्द्रीय नेताहरुले चासो व्यक्त गरेका हुन् । बुधबार मात्रै उपसभापति विमलेन्द्र निधिले सभापति देउवालाई पत्र पठाउँदै विवाद समाधान नभएसम्मका लागि वडा अधिवेशन स्थगन गर्न माग गरेका थिए। त्यस्तै केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि डडेल्धुराको क्रियाशील सदस्यता विवादबारे आफ्नो ध्यानाकर्षण भएको बताएका थिए ।

कांग्रेसको आसन्न १४ औं महाधिवेशन प्रक्रिया अन्तर्गत १८ भदौदेखि वडा अधिवेशन सुरु भएको छ । बिहीबारसम्म करिव ५५ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको निर्वाचन समितिले जानकारी दिएको छ । डडेल्धुरा सहित ५७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएकोमा अझै २० जिल्लाको सदस्यता सूची सार्वजनिक गरिएको छैन ।

Loading...