गोदावरी–१२ मा लागूऔषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरणमा केन्द्रित दुई दिने अभिमुखीकरण तालिम सुरु

अत्तरिया- गोदावरी नगरपालिका–१२ मा रहेको दुर्गा माध्यमिक विद्यालय, कोल्मुडा प्राङ्गणमा लागूऔषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरणमा केन्द्रित दुई दिने अभिमुखीकरण तालिम सुरु भएको छ । अत्तरिया विकास मञ्च नेपालले आयोजना र इलाका प्रहरी कार्यालय मालाखेतीको सहकार्यमा तालिम सुरु भएको हो ।

तालिमको उद्‌घाटन गर्दै गोदावरी नगर प्रमुख बिरेन्द्र भट्टले सामाजिक विकृति र विसङ्गति विरुद्ध सामूहिक प्रयासको आवश्यकता औँल्याउँदै अगाडि भने, “लागू औषध, मद्यपान र बालविवाहजस्ता समस्याले हाम्रो भविष्य निर्माण गर्ने पुस्तालाई नै संकटमा पारिरहेको छ । विद्यार्थी तथा युवालाई यस्ता कुलतबाट जोगाउनु हाम्रो सामूहिक जिम्मेवारी हो ।”

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नगर प्रमुख भट्टले गोदावरी नगरपालिका भित्र लागूऔषधको पहुँच बढ्नुमा खुला सीमा तथा जनसंख्याको चाप प्रमुख कारण रहेको उल्लेख गरे । “कैलालीका १३ वटै पालिका भन्दा पनि गोदावरीमा सीमावर्ती क्षेत्र खुल्ला भएकाले दुर्व्यसनको जोखिम बढी छ,” मेयर भट्टले भने ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले तालिमका सहभागीलाई भने, “एक जना प्रहरीले मात्रै समाज सुधार्न सक्दैन । सबै गाउँ–बस्तीका जनताले सहकार्य नगरी समस्याको समाधान सम्भव छैन ।”

उनले दुर्व्यसनको रोकथामका लागि परिवार, विद्यालय र स्थानीय तहबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए । तालिमका क्रममा वक्ताहरूले विद्यालय र परिवारको भूमिका माथि पनि चर्चा गरे । “छोराछोरी स्कुलबाट समयमा फर्किए वा फर्किएनन् भन्ने कुरासमेत ध्यान दिन जरुरी छ,” उनले भने । कार्यक्रममा स्थानीय युवा, विद्यार्थी, अभिभावक, विद्यालयका प्रतिनिधि, शिक्षक तथा सामुदायिक अगुवाहरूको सहभागिता रहेको छ ।

Loading...