कैलाली बहुमुखी क्याम्पसमा लगाइएकाे ताला खुल्यो

धनगढी, २४ भदाै– कैलाली बहुमुखी क्याम्पसमा बिद्यार्थीहरुले लगाएको तालाबन्दी खुलेको छ। त्रिभुवन विश्वविद्यालय अन्तरगत परीक्षा दिएका सम्पूर्ण बिद्यार्थीहरुले आफूहरूका मागहरू पुरा नभएको भन्दै बुधवार सामूहिक रूपमा तालाबन्दी गरेका थिए ।

Ganyapdhura gau
Dadeldhura hospital

बिहीबार क्याम्पस प्रशासन र बिद्यार्थीहरु बिचको छलफलपछि मागहरू सम्बोधन गर्न प्रशासन तयार भएपछि ताला खोलीएको बीबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी दिनेश डसालले बताए ।

Navadurga sun
Godawari sandesh

क्याम्पसमा पठनपाठन सुरु हुनुपर्ने, अनलाइन कक्षा प्रभावकारी रूपमा सञ्चालन नभएकाले ४० प्रतिशत शुल्क मिनाहा गरिनुपर्ने, बिद्यार्थीहरुलाई कोरोना खोपको ग्यारेन्टी हुनुपर्ने, अनलाइन कक्षा लिन नपाएका बिद्यार्थीहरुको लागी अतिरिक्त कक्षाको व्यवस्था हुनुपर्ने लगायतका माग राख्दै बिद्यार्थीहरुले १९ भाद्रमा ज्ञापन पत्र बुझाए पनि ४ दिन सम्म पनि माग सुनुवाइ नभए पछि तालाबन्दी गरिएको थियो ।

Couple
Loading...