कोरोना महामारीका बेला महत्वूर्ण भूमिका खेलेकाे भन्दै कुँवर सम्मानित

अत्तरिया, २३ भदाै- कैलालीको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव अधिकृत बिर बहादुर कुँवर सम्मानित भएका छन् ।

Dadeldhura hospital

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय कैलालीले जिल्लाभरि कोरोना रोकथाम, नियन्त्रण र ब्यबस्थापनका साथै समग्र स्वास्थ्य अवस्था सुधारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै अहेव अधिकृत कुँवरलाई सम्मान गरिएको हो ।

Navadurga sun
Godawari sandesh

आज धनगढीमा सम्पन्न जिल्ला स्तरिय बार्षिक स्वास्थ्य समिक्षा कार्यक्रममा अधिकृत कुँवरलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले दोसल्ला ओडाएर सम्मान पत्रले सम्मानित गरेका हुन् ।

सम्मानित भएपछि कुँवरले बार्षिक समीक्षाका अवसरमा आफ्नो कामको उच्च मूल्याङकन गर्दै सम्मान प्रदान गरेको भन्दै सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का, स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी र स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामी लगायत सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन् । अधिकृत कुँवर कोरोना महामारीको समयमा गोदावरी नगरपालिका सहित जिल्लाभरि आफ्नो ज्यान जोखिममा राखेर नागरिकहरुको स्वास्थ्य सेवामा खटिएका थिए ।

Loading...