चुरेमा बर्षाका कारण भएकाे क्षतीको बारेमा मन्त्री जोशी समक्ष ज्ञापन पत्र





धनगढी, २३ भदाै- केही दिन यता परेको अविरल वर्षका कारण कैलाली जिल्लाको पहाडी क्षेत्र चुरे गाउपालिका वडा नं ५ गोपाले, काफलगैरा, माल, निङ्लाडी लगायत विभिन्न गाउँहरुमा भएको क्षतीको बारेमा प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीलाई ध्यानाकर्षण गराइएको छ । चुरे गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नर बहादुर तामाङ सहितको टोलीले मन्त्रीलाई क्षतीको बारेमा जानकारी गराइएको हो ।


घटनालाई मन्त्रीले गम्भिर रुपमा लिएको र राहत उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेको टोलीमा सहभागी पुर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी ज्युको स्वकिय सचिव लोकेन्द्र धामीले बताए । बर्षा पछिको पहिरोमा परी स्थानीयहरुका घर ,गाईबस्तु, खेतबारी बगायर क्षति समेत भएको बुझिएको छ ।



