गायक सूर्यबिरही साउँदका छोराले आफ्नो जन्मदिन सेभ हाउसमा मनाए




अत्तरिया, २३ भदाै- लोकदोहरी गायक सूर्य बिरही साउँदका छोरा सक्षम साउँदले आफ्नो जन्मदिन सेभ हाउसमा गएर मनाएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सुदुरपश्चिम प्रदेशका सचिब सचिब समेत रहेको गायक साउँदका ५ बर्षिय छोरा सत्यमले आज आफ्नो जन्मदिन अनाथ एमब् असहायहरुलाई संरक्षण दिदै आएको गोदावरी २ अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसका बालबालिकाहरुसंगै केक काटेर मनाएका हुन् ।



जन्मदिनको अबसरमा उनले सेभ हाउसलाई खाध्यान्न तथा स्टेस्नरी सामाग्रीहरु सहयोग गरेका छन् । सत्यमका बुवा सूर्य बिरही साउँद र आमा ईन्द्रा नेगीले आफ्ना छोराको जन्मदिनको अबसर पारेर चामल , तरकारी , स्टेसनरी सामाग्रीहरू सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई हस्तान्तरण गरेका थिए ।


सानो उमेर देखी नै छोरालाई सत्कर्ममा हिडाउन र सहयोगी भावनाको विकास गराउन सेभ हाउसमा पुगेर जन्मदिन मनाएको गायक सूर्य बिरही साउँदले बताए । उनले जन्मदिनमा आफ्नो घरमा आफु मात्रै खुसी मनाउनुभन्दा आमाबुवा नभएका अनाथ , असहाय तथा सडकमा अलपत्र परेका बालबालिकाहरुसंगै जन्मदिन मनाउदा छोरा पनि निकै खुसी भएको बताए ।
उनले जन्मदिनको अबसरमा अनआवश्यक खर्च गर्नुभन्दा सबै अभिभावकहरुले आफ्ना केटाकेटीहरुलाई सानो उमेर देखी नै सही बाटोमा डोञ्याउनका यस्तै ठाउँमा पुगेर जन्मदिन मनाउदाँ निकै लाभदायी हुने बताए । उक्त सेभ हाउसमा अहिले सुदूरपश्चिक सहित देशका बिभिन्न ठाउँका ५२ जना अनाथ , असहाय तथा अलपत्र अबस्थामा रहेको महिला तथा बालबालिकाहरु आवासिय रुपमा रहदै आएका छन् ।



