कञ्चनपुरमा बोलेरो जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा बोलेरो जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–२ वंक चौक स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६८३ नम्बरको बोलेरो जिपले सोही ठाउँ बस्ने ५० वर्षीय महेन्द्र बिष्टलाई मंगलवार ठक्कर दिँदा उनी घाईते भएका थिए।

Dadeldhura hospital

घाइते बिष्टलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी ल्याइएकोमा उपचारको क्रममा मंगलवारनै साँझ ७ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

godawari10 Mahila hinsa
Navadurga sun

बोलेरो जिप र जिप चालक बझाङ्गको छबिसपाथिभेरा गाउँपालिका-२ मोतै बस्ने २१ वर्षीय रवि रोकायालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

Loading...