अत्तरियामा २५० केजी आइसक्रिम जफत

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-२, अत्तरियामा सञ्चालनमा रहेको मिश्रा आइस क्यान्डी उद्योगबाट २५० केजी आइसक्रिम जफत गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र गोदावरी नगरपालिकाको संयुक्त अनुगमन टोलिले उत्पादन मिति उल्लेख नभएको तथा गुणस्तरहीन आइसक्रिम आज (शुक्रबार) बरामद गरेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अनुगमनका क्रममा उद्योग नवीकरण नगरिएको, खाद्य मापदण्ड नपुगेको, उत्पादन स्थल दुर्गन्धित रहेको तथा स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड समेत पालना नगरिएको पाइएको अनुसन्धान अधिकृत सुमन लामिछानेले जानकारी दिए । उनका अनुसार उद्योगले प्रयोग गरेका उपकरणहरू पनि सरसफाइ नभएको अवस्थामा फेला परे।

उक्त उद्योग धनगढी उपमहानगरपालिका–५ मा दर्ता भए पनि गोदावरी नगरपालिकामा कार्यरत रहँदा समेत त्यहाँ दर्ता नगरिएको पाइएको छ । नियमन नहुँदा सार्वजनिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले तत्काल उद्योगमा आवश्यक सुधार गर्न चेतावनी दिइएको अनुगमन टोलीले जनाएको छ ।

नगरपालिका र कार्यालयले खाद्य सुरक्षासम्बन्धी कानुनी प्रावधानको उल्लंघन गर्ने व्यवसायिक गतिविधिमाथि कडाइका साथ निगरानी गर्ने चेतावनी दिएका छन् । यस अघि पनि यस्तै प्रकारका उद्योगहरूमा समस्या देखिएकाले नियमित अनुगमन जारी रहने जनाइएको छ ।

Loading...