कृष्णपुरका ३ जना जनप्रतिनिधिले सनाखत फिर्ता लिए (पत्र सहित)

अत्तरिया, २२ भदौ- नेकपा (एकिकृत समाजवादी) मा सनाखत गरेका कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३ जना जनप्रतिनिधीहरुले सनाखत फिर्ता लिएका छन ।

नेकपा (एमाले) बाट निर्वाचित प्रतिनिधि वडा नं. ९ का वडा अध्यक्ष छत्र बहादुर महरा, वडा नं. ३ का वडा अध्यक्ष सुन्दर चौधरी र वडा नं. ३ कै वडा सदस्य जहर सिँह कुँवरले सनाखत फिर्ता लिएका हुन ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सोमबार एकिकृत समाजवादीमा सनाखत गरेका उनिहरुले एमालेमै रहने भन्दै मंगलबार सनाखत फिर्ता लिएको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कणर् बहादुर हमालले बताए । तिनै जना जनप्रतिनिधिले नेकपा (एस) बाट फिर्ता लिएपछि कृष्णपुर नगरपालिकामा समाजवादीको यात्रा शुन्य भएको नगरप्रमुख हमालले बताए ।

Loading...