वेदकोट नगरपालिकामा खाद्य अधिकार ऐन कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर कञ्चनपुरको वेदकोट नगरपालिकामा खाद्य अधिकार अवधारणा र खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

गैर सरकारी संस्था याक नेपालको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको सभाध्यक्षमा नगरपालिका स्तरीय खाद्य अधिकार सञ्जालका अध्यक्ष राम चन्द्र पन्त रहनु भएको थियो, भने प्रमुख अतिथिमा वेदकोट नगरपालिकाका कार्य वाहक नगर प्रमुख तुलसी जोशी रहनु भएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जोशीले संविधानको धारा ३६ ले सम्बोधन गरेको खाद्य अधिकार सम्बन्धी ऐन र नियमावली कार्यान्वयन गर्नका लागि पालिका प्रतिवद्ध रहेको बताउनु भयो । आगामी आर्थिक वर्षको निती तथा कार्यक्रममा यी विषयलाई सम्बोधन गर्ने गरी पालिकाले काम गर्ने बताउनु भयो ।

त्यसैगरी पालिकाको कार्यविधि निर्माण गरी प्रत्येक वडाबाट किसानहरूको तथ्याङ्क सङ्कलन गरी उनीहरूको हकअधिकारका लागी काम गर्ने प्रमुख प्रशासकीय अधिकृत हरीदत्त भट्टले बताए । 

याक नेपाल संस्थाका कार्यक्रम संयोजक देवी खनालले खाद्य अधिकार ऐन नियमावली २०८० को विषयमा जानकारी प्रदान गर्नु भएको थियो भने, संस्थाका कार्यकारी निर्देशक डबलबहादुर बमले कार्यक्रमको उद्देश्य र स्वागत मन्तव्य राख्नु भएको याक नेपालका अनुगमन अधिकृत पवित्रा भट्टले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा कार्यपालिका सदस्यहरू, विभिन्न खाद्य क्षेत्र संग सम्बन्धित पदाधिकारी र पालिकामा रहेका शाखा अन्तरगतका पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो ।

Loading...