एफएमडिसीको आयोजनामा दुई दिने मानवअधिकार सम्बन्धी तालिम

अत्तरिया, २२ भदौ– धनगढीमा दुई दिने मानव अधिकार प्रतिवेदन संयन्त्री सम्बन्धित तालिम सुरु भएको छ । नागरिकहरुका सवालमा काम गदैँ आएको संस्था एफएमडिसीको आयोजनामा मंगलबार बाट सुरु भएको हो ।

Dadeldhura hospital

तालिम उद्घाटन कार्यक्रममा एफएमडिसीका कार्यकारी निर्देशक उमिद बागचन्दले संस्थाले स्थापना भए देखि अहिले सम्म गरिरहेका कार्यक्रमका बारेमा जानकारी गराए । ‘२०५९ साल देखि मानव अधिकार र सुचनाकोहकमा रहेर सुदूरपश्चिमका विभिन्न जिल्लामा काम गरीरहेका छौँ’, उनले भने । ‘नागरिकहरुमा आफुले पाउने अधिकारका बारेमा सचेत रहेको देखिएको छ ।’

Navadurga sun
Godawari sandesh

तालिममा मानव अधिकार उल्लघंन र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मानव अधिकारका मुद्धाका बारेमा छलफल भईरहेको छ । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका कार्यालय प्रमुख मोहनदेव जोशी र अधिवक्ता तथा एफएमडिसी कार्यक्रम संयोजक समेत रहेका ओम जोशीले सहजी करण गरिरहेका छन् ।

तालिममा यौनिक अल्पसंख्यक र अपांगता भएकाहरु गरी २५ जना को सहभागिता रहेको छ । उद्घाटन कार्यक्रम एफएमडिसीका अभियान अभिकारी निराजन परियारले सञ्चालन गरेका हुन् ।

Loading...