कञ्चनपुरको भीमदत्त नगरपालिकाको अनलाईन करदाता पोर्टल तयार, अब घरबाटै कर तिर्न सकिने

कञ्चनपुर, २२ भदाै- जिल्लाको भीमदत्त नगरपालिकाले अनलाईन करदाता पोर्टल तयार पारेको छ। नगरपालिकाले कार्यालयको सेवालाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउनका लागि करदाता पोर्टल सञ्चालनमा ल्याएको हो ।

Dadeldhura hospital

नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश प्रशाद भट्टले अनलाईनबाट सेवाग्राहीले कर भुक्तानी गर्न सक्नेगरी पोर्टल सञ्चालन गरिएको बताएका छन् ।

Navadurga sun
Godawari sandesh

अिधकृत भट्टका अनुसार अब नगरपालिकाको भीमदत्त करदाता पोर्टलमार्फत नगरवासीले घरमै बसेर कर तिर्न सक्नेछन्।साथै करदाताले व्यक्तिगत विवरण, सम्पत्ति विवरण, कर तिर्नुपर्ने विवरण तथा कर तिरेको विवरण लगायतको विवरण कर अनलाईन पोर्टलमा हेर्न सक्नेछन्। अनलाईन कर भुक्तानी प्रणालीबारे नगरवासीलाई जानकारी दिने नगरपालिकाको योजना समेत रहेको छ ।

अनलाईन करदाता पोर्टल सञ्चालनमा आएसँगै नगरवासीले राजस्व तिर्न नगरपालिका धाउनुपर्ने बाध्यता हट्ने भएको छ । नगरपालिकाले गत आर्थिक वर्षमा २३ करोड ३१ लाख ७२ हजार ७ सय रुपयाँ आन्तरिक आय (राजस्व) संकलन गरेको थियाे ।

Loading...