दार्चुला घटना : सरकारले भारतलाई कुटनीतिक नोट पठायो




काठमाडौं, २१ भदौ- सरकारले दार्चुला घटना भएको झण्डै दुई महिनापछि भारतलाई कूटनीतिक नोट पठाएको छ ।



गृह मन्त्रालयले सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिको प्रतिवेदन पठाएपछि परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूताबासमार्फत कूटनीतिक नोट पठाएको हो । एक मन्त्री भन्छन्, ‘छानविन समितिको प्रतिवेदनअनुसार हामीले कूटनीतिक पहल थालेका हौं ।’


१५ साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास नगरपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएका थिए ।



