बझाङ केदारस्यु गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायतले १९ जनाले रोजे नेकपा समाजवादी पार्टी




बझाङ, २० भदौ- बझाङ केदारस्यूँ गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायतले १९ जना जनप्रतिनिधिहरुले नेकपा समाजवादी पार्टीमा सनाखत गरेका छन ।



आइतबार सदरमुकाम चैनपुरमा मोटरसाइकल र्याली सहित बजार परिक्रम गरी जिल्ला निर्वाचन कार्यालय बझाङमा सनाखत गरेका हुन ।


नेकपा एमालेबाट निर्वाचित केदारस्यूँ गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारी, उपाध्यक्ष निशा धामी, वडा नम्बर ८ का वडा अध्यक्ष गणेशबहादुर बोहरा, वडा नम्बर २ का वडा अध्यक्ष चक्रबहादुर विक, वडा नम्बर ३ का वडा अध्यक्ष बिरबहादुर खाती, वडा नम्बर ५ का अध्यक्ष काशिराम धामी, वडा सदस्य ज्ञाना जेठारा, कमला कुमारी भण्डारी, नन्दा देवी सिंह, जुनादेवी ओखेडा, तुलसी देवी बिष्ट, मिजुरा देवी ओखेडा, बाटुली देवी ओड, विमला कुमारी शर्मा,कल्यान धामी, धन बहादुर बिष्ट, धन्नाम रावल, लाल बहादुर कामी र कार्यपालिका सदस्य कटकबहादुर दमाई गरी १९ जना जनप्रतिनिधिहरुले आफ्नो नागरिकताको प्रतिलिपी र निर्वाचित प्रमाणपत्र निर्वाचन कार्यालयमा पेश गरी सनाखत गरे ।
जनप्रतिनिधि सँगै सनाखत गर्न निर्वाचन कार्यालय पुगेका नेकपा एमालेका तत्कालिन अध्यक्ष दिल बहादुर सिंहले अब जिल्लाको नम्बर १ पार्टी नै नेकपा समाजबादी नै हुने दावी गरे ।



