बझाङ बुंगलका किसानलाई कृषि सामग्री वितरण

बझाङ, २० भदाै– बुंगल नगरपालिका–६ का मकै नमुना गाउँका किसानलाई कृषि ज्ञान केन्द्र बझाङले ५० लाख रुपैयाँ बराबरको कृषि सामाग्री वितरण गरेको छ। मुख्यमन्त्री कृषि तथा पशुपंक्षी विकास कार्यक्रमअन्तर्गत बुंगलका मकै नमुना गाउँ डिन्नु, थलाकाँडा र गैरीगाउँका ३५० जना किसानलाई विभिन्न कृषि सामग्री वितरण गरिएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

केन्द्रले ४०० थान बिउ सुकाउने पाल, ७०० थान बिउ राख्ने भकारी, पाँच थान हाते ट्रयाक्टर र मकै बिक्री वितरण गर्नका लागि प्याकिङ गर्ने ३०० थान बोरालगायतका सामाग्रीहरू कृषकहरूलाई वितरण गरेको हो।

Navadurga sun
Godawari sandesh

किसान हरेन्द्र देवारले यस क्षेत्रका किसानहरु रैथाने बाली जोगाउन लागेका र त्यसमा कृषि ज्ञान केन्द्रले सहयोग गर्दै आएको बताए। उनले गाउँलाई मकैको राजधानी भनेर चिनाउन लागिपरेको बताए। ज्ञान केन्द्रका प्रमुख टेक बहादुर विष्टले बुंगलको मकै नमुना गाउँलाई मकैको राजधानी बनाउन यो वर्ष पनि बजेट थप गरिएको र कृषकहरुले उत्पादन राम्रो गरे थप अन्य कार्यक्रमहरु पनि दिने बताए।

Couple
Loading...