समानान्तर कमिटी गर्ने राष्ट्रिय जनमोर्चाका सबै नेताहरु निष्कासित

अत्तरिया, १८ भदाै– राष्ट्रिय जनमोर्चाले समानान्तर कमिटि गठन गर्ने बिभिन्न तहका नेतालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

धनगढीमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सुदूर पश्चिममा समानान्तर समिति गठन गर्दै त्यसको नेतृत्व गर्ने केन्द्रीय सदस्य लाल बहादुर जाग्री, केन्द्रीय सल्लाहकार लोकेन्द्र लम्साल, केन्द्रीय पार्षद लक्षीराम आचार्य, गोविन्द बिक, र केशवनाथ योगीलाई सम्पूर्ण पद र जिम्मेवारीबाट मुक्त गरिएको बताए ।

Navadurga sun
Godawari sandesh

उनले केन्द्रीय समितिको बिहीवार बसेको बैठकले समानान्तर समिति गठन गर्नेहरुलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्दै अनिश्चितकालका लागि पार्टीको साधारण सदस्यबाट कारबाही गर्ने निर्णय गरिएको जानकारी दिए ।राष्ट्रिय जनमोर्चाका महासचिव भट्टले भारतीय पक्षको उक्साहटमा एमाले अध्यक्ष केपी शर्मा ओलीको गणतन्त्र, धर्म निरपेक्षतालाई समाप्त पार्न खोजेको र पटक पटक संसद बिघटन गरेकोले जनमोर्चा त्यसका बिरुद्ध पाँच दलीय गठबन्धनमा सहभागी भएको बताए ।

केपी ओलीको नेतृत्वमा संसद बिघटन गरी मुलुकलाई अस्थिर बनाउने र राजतन्त्रलाई फर्काउने प्रयत्न भएकोले राष्ट्रिय जनमोर्चा त्यसको विपक्षमा गठन भएको पाँच दलीय गठबन्धनमा सहभागी भएको नेता भट्टको भनाई थियो ।

Couple
Loading...