तुइन घटना : सत्य तथ्य सार्वजनिक गर्न नेकपा (एमाले) को माग




काठमाडौँ, १७ भदौ- नेकपा (एमाले) ले जयसिंह धामी बेपत्ता भएको तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन अस्पष्ट रहेकाले सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ ।



एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा प्रतिवेदन बुझाइएकोले त्यससम्बन्धी सत्य तथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।


उनले दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न समेत माग गरेका छन् ।
धामीका सम्बन्धमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिले यही भदौ १५ मा गृह मन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाईएको थियो ।



