सांसदहरू जुटे सुदूरपश्चिममा माओवादी दलभित्रको विवाद समाधान गर्न

धनगढी- सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलभित्र उत्पन्न विवाद समाधान गर्ने प्रयास स्वरूप आइतबार प्रदेश सभा सदस्यहरूले पहिलोपटक सामूहिक छलफल गरेका छन् । संसदीय दलको कार्यालयमा बसेको छलफलमा खगराज भट्टसहितका सबै प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको थियो ।

Ganyapdhura gau

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पटक–पटकको निर्देशनपछि दलका नेता मानबहादुर धामीको आह्वानमा सांसदहरू छलफलका लागि जुटेका हुन् । प्रदेश सभा सदस्य रमेश धामीबाहेक सबै सांसदहरूको सहभागिता रहेको छलफलमा दलभित्र देखिएको विवाद समाधान गर्ने विषयमा कुराकानी भएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

एक सासंदका अनुसार छलफलमा सहमतिमै विवाद हल गर्ने सहमति जुटेको छ । पहिलोपटक छलफलको सुरुवात भएको छ ।

अब औपचारिक र अनौपचारिक रूपमा निरन्तर संवाद गर्दै समस्याको समाधान निकाल्ने प्रयास हुनेछ । उनले भने । गत १२ माघ २०८० मा बहुमत प्रदेश सभा सदस्यले खगराज भट्टलाई दलको नेताबाट हटाएर मान बहादुर धामीलाई चयन गरेका थिए । तर, पार्टी केन्द्रले भट्टलाई नै दलको नेता बनाउने निर्देशन दिए पनि बहुमत प्रदेश सभा सदस्यहरूले उक्त निर्देशन मान्न अस्वीकार गर्दै आएका थिए ।

१४ फागुनमा सुदूरपश्चिमका सबै प्रदेश सभा सदस्यलाई खुमलटार बोलाएर छलफल गरेका अध्यक्ष प्रचण्डले पुनः भट्टलाई नै दलको नेता बनाउन निर्देशन दिएका थिए । त्यसयता पहिलोपटक प्रदेश सभा सदस्यहरू सामूहिक छलफलमा बसेका हुन् ।

छलफलमा भट्टलाई दलको नेता बनाउँदा अन्य नेताहरूको व्यवस्थापन कसरी गर्नेर भन्ने विषयमा समेत गम्भीर रूपमा चर्चा गरिएको थियो । आइतबारको छलफलपछि लामो समयदेखिको संवादहीनताको अवस्था अन्त्य भएको नेताहरूको दाबी छ ।

Couple
Loading...