कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ५ जना पक्राउ

धनगढी । कैलाली र कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ। शनिवार कैलालीको धनगढीबाट २ र कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। धनगढी उप–महानगरपालिका–१ पुष्पलाल चोकबाट ६० मिलिग्राम लागू औषध सहित स्थानीय ३० वर्षीय लोकेन्द्र कठायत पक्राउ परेका छन्।

Dadeldhura hospital

सोही क्रममा प्रहरी माथि हातपात तथा अभद्र व्यवहार गर्ने लागू औषध प्रयोगकर्ता अन्दाजी २१ वर्षीय मनिष कुन्जेडालाई पनि पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

यस्तै शनिवार कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीबाट ३ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–३ का २७ वर्षीय अजय चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०२ ००४ प १३१६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका– ३ का २५ वर्षीय राकेश चौधरीको साथबाट ०.५ ग्राम लागू औषध जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सोही मोटरसाइकलमा सवार १८ वर्षीय भारतीय युवकलाई समेत पक्राउ गरेको जनाइएको छ।

Loading...