डिएसपी शाही नेतृत्वको प्रहरी टोलीले जोगियो आगलागीवाट हुन सक्ने करोडौको धनमाल

आगलागीबाट ३ लाख ८० हजार बराबरको क्षति

अत्तरिया, १५ भदौ- कैलालीको अत्तरिया बसपार्क अगाडी रहेको टेक्सास डान्स बारको स्टोर रुपमा आगलागी भएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी प्रेम बहादुर शाहीको सक्रियतामा खटिएको प्रहरीको टोलीले अत्तरिया स्थित बसपार्क अगाडी रहेको टेक्सास डान्स बारको स्टोर रुममा लागेको आगो समयमै नियन्त्रणमा लिएपछि डान्स बारसंगै आसपास रहेका अन्य पसलहरुमा रहेको करोडौको धनमाल नष्ट हुनवाट जोगाएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

उक्त डान्स बारको स्टोरमा करिब साझँ साढे ४ बजेको समयमा तार सर्ट भएर आगलागी भएपछि समयमै प्रहरी पुगेपछि आगो नियन्त्रणमा लिएको हो ।

Navadurga sun
Godawari sandesh

आगो नियन्त्रणका लागि डिएसपी शाही सहित प्रहरी निरिक्षक उमेश चन्द, लगायतको टोली आफै खटिएको थियो । गोदावरी नगरपालिकाको दमकलवाट आगो नियन्त्रणमा लिइएको थियो ।

स्टोर रुममा आगलागी हुदाँ टेबुल, एसी, टिभी, पङ्खा, घुम्ने कुर्ची, डिजे, स्पिकर, बार काउन्टर र सोफा सेट लगायतका अन्य बिभिन्न सामानहरु जलेर नष्ट भएको छ । यो सबै गरेर ३ लाख ८० हजार बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Couple
Loading...