राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका खेलाडीलाई गोदावरी नगरपालिकाद्वारा बिदाई

अत्तरिया- राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरिय प्रतियोगिता खेल्न जाने खेलाडीलाई कैलालीको गोदावरी नगरपालिकाले बिदाई गरेको छ ।

Dadeldhura hospital

गत मशिर १८ गते देखि २१ गते गोदावरीको दुर्गाभवानी माबि हरैयामा आयोजित राष्ट्रपति रनिङ शिल्डको खेलकुद कार्यक्रमा बाट छनौट भएका विभिन्न विधामा छ्नोट भएका खेलाडीहरुलाई आज एक अनौपचारिक कार्यक्रमबाट जर्सी र पालिकाको लोगो अंकित ब्यानर, राष्ट्रिय झण्डा संयोजक शिवराज भट्टराईलाई हस्तान्तरण गरी बिदाई गरिएको हो ।

Navadurga sun
Godawari sandesh

घोडाघोडी नगरपालिकामा आज देखि १५ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै छ । आज देखि ३ दिन सम्म संचालन हुने प्रतियोगिताका लागि गोदावरी नगरपालिकाका ११२ जना खेलाडीहरु सहभागि हुँदै छन् । प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स खेल खेलाइने जनाइएको छ ।

Loading...